भारतको बिहार राज्यमा फेरि नितिशकुमार मुख्यमन्त्री बन्दैछन्।
त्यस राज्यको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी र जनतादल युनाइटेडसहितको गठबन्धनले पूर्ण बहुमत ल्याएपछि नितिशकुमार फेरि मुख्यमन्त्री बन्ने निश्चित भएको हो।
त्यहाँको २ सय ४३ विधानसभा सीटका लागि भएको निर्वाचनमा एनडीएले १ सय २५ सीट जितेको छ।
भाजपाले ७५ र जेडयूले ४३ सीट जितेको हो। विहारमा सरकार बनाउन १ सय २२ सीटको बहुमत आवश्यक पर्छ।
यो जितसँगै गठबन्धनले मुख्यमन्त्री रुपमा अघि सारेको नितिशकुमार फेरि मुख्यमन्त्री बन्ने निश्चित भएको हो।
एनडीएको प्रतिस्पर्धी पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको आरजेडी र कांग्रेसलगायतको महागठबन्धनले भने १ सय १० सिट हात पारेको छ।
महागठबन्धनको नेतृत्व गरेको आरजेडीले ७५ सीट जितेको छ। यो गठबन्धनले लालुका छोरा तेजस्वी यादबलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ।
कोराना महामारीका बीच तीन चरणमा निर्वाचन भएको थियो। निर्वाचनमा ५७ प्रतिशत भन्दा बढी मत खसेको थियो।
निर्वाचनपछि गरिएका सर्भेक्षणहरुले तेजश्वी नेतृत्वको महागठबन्धनले बहुमत ल्याउने प्रक्षेपण गरेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।