नेपाल सम्वतको अवसरमा यस वर्ष भिन्तुना र्याली ननिकालिने, जुममार्फत शुभकामना आदानप्रदान गर्ने तयारी


     एभरेस्ट आवाज    
     कार्तिक २६ गते २०७७ मा प्रकाशित




नेपाल सम्वतको स्वागतार्थ यसपटक भिन्तुना ¥याली ननिकालिने भएको छ । नेपाल सम्वतको स्वागतार्थ नेवाः खल कास्कीले हरेक वर्ष निकाल्दै आएको भिन्तुना ¥याली यस वर्ष कोरोना महामारीका कारण ननिकाल्ने भएको हो । विश्वव्यापी महामारीका रुपमा रहेको नोभल कोरोना भाईरस (कोभिड–१९)को जोखिम कास्कीमापनि भएकाले नेपाल सम्वत ११४१ को अवसरमा भिन्तुना ¥याली ननिकाल्ने निर्णय गरेको नेवा खल कास्कीले जारी गरेको सूचनामा उल्लेख छ ।

नेवा खल कास्कीले नेपाल सम्वतको अवसरमा भिन्तुना ¥याली ननिकाल्ने तर घर÷घरमा नेपाल सम्वतको शुभकामना लेखेको ब्यानर प्रदर्शन गर्न नेवार समुदायलाई अपिल गरेको छ ।

यसैबीच, नेपाल सम्वत ११४१ को अवसरमा नेवाः ल्याम्ह पुच कास्कीले जुममार्फत शुभकामना आदानप्रदान गर्ने भएको छ । नेवाः ल्याम्ह पुच कास्कीले यहि कात्तिक २९ गते शनिबार जुममार्फत शुभकामना आदानप्रदान गर्ने पुचका महासचिव सुरेश श्रेष्ठले जानकारी दिए । नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान गरिने उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।