सचेतक सांसद गुरुङ कोरोना संक्रमण मुक्त


     एभरेस्ट आवाज    
     कार्तिक २६ गते २०७७ मा प्रकाशित




नेकपा गण्डकी प्रदेश संसदीय दलकी सचेतक गायत्री गुरुङ (कुसुम) कोरोना संक्रमण मुक्त भएकी छन् । नेकपा गण्डकी प्रदेश सदस्यसमेत रहेकी प्रदेश सांसद गुरुङ बुधबार कोरोना संक्रमण मुक्त भएकी हुन् ।

सांसद गुरुङलाई कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनले दृढ ईच्छाशक्ति र आत्मवलले कोरोना जित्न सकिने भएकाले नडराउन तर सचेत रहन सम्पूर्णलाई आग्रह गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।