कार्तिक २७ काठमाडौँ । प्रस्तावित राजदूतहरुको नाम संघीय संसदको संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।
आज बसेको संसदीय सुनुवाई समितिले अमेरिकाका लागि प्रस्तावित राजदूत युवाराज खतिवडा, बेलायतका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत निर्मलकुमार विश्वकर्माको नाम सुनुवाई पछि अनुमोदन गरेको हो ।
असोज १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले राजदूतमा सिफारिस गरिएका तीनै जनाको नाम अनुमोदन गरिएको संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
बैठकले राजदूतमा सिफारिस खतिवडा, रेग्मी र विकलाई सर्वसम्मत रूपमा अनुमोदन गरिएको उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।