
कास्कीमा ७८ सहित गण्डकी प्रदेशमा आईतबार साँझ १६० जना नया कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशमा आईतबार साँझ पोखराका ७०, मादीका ८ सहित गण्डकी प्रदेशमा १६० जना नया संक्रमित थपिएका हुन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरामा ७० जना नया संक्रमित थपिएका छन् । त्यस्तै मादीमा ८ जना कोरोना संक्रमित थपिएका छन् ।

बागलुङमा ८ जना थपिएकोमा गलकोटका १, जैमिनीका १ र बागलुङ नगरपालिकाका १ पुरुष र ५ महिलासहित ८ जना कोरोना संक्रमित भएका छन् ।
गोरखामा आईतबार अपराह्न १४ जना नया संक्रमित थपिएका छन् । गोरखाको सिरानथोक गाउँपालिकामा ४ पुरुष र १ महिला, गोरखा बजारका ४ पुरुष र ४ महिला संक्रमित भएका छन् ।
यसैगरी, लमजुङमा १४ जना संक्रमित थपिएकामा मध्यनेपालका ३ महिला र ११ पुरुष रहेका छन् ।
मुस्ताङमा पहिलोपटक एकैपटक १३ जना संक्रमित भेटिएका छन् । मुस्ताङको स्थानिय तह नखुलेको पालिकामा ५ महिला र ८ पुरुष रहेका छन् ।
त्यस्तै, नवलपुरमा ३० जना नया कोरोना संक्रमित थपिएका छन् । जसमध्ये विनयत्रिवेणी गाउँपालिकामा १ महिला र ३ पुरुषसहित ४ जना, गैंडाकोटमा २० जना महिला संक्रमित थपिएका छन् ।
पर्वतमा ३ जना नया संक्रमित थपिएकोमा कुश्मा, फलेबास र पैयूँका १÷१ जना रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।