नेकपाका प्रभावशाली नेता बामदेव गौतमले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव प्रचण्डको मात्र नभई शीर्ष पाँच नेताको भएको बताएका छन् । ओलीको कमजोरीको नालीबेलीसहितको कार्यकारी प्रचण्डको प्रस्तावपछि नेकपामा आएको तरंगसँगै अर्का अध्यक्ष केपी शर्मा ओलीले आईतबार बामदेवसँग भेट गरेका थिए । भेटमा ओलीले प्रचण्डको प्रस्ताव आश्चर्यजनक भएको र त्यो एकताको विरोधी भएको बताएपछि बामदेवले सो प्रस्ताव प्रचण्डको मात्रै नभएको बताएका थिए । प्रचण्डको प्रस्ताव एकल प्रस्ताव होईन,‘उनले ओलीलाई भनेको कुरा उद्धृत गर्दै नेकपाका एक नेताले भने,‘प्रचण्डको प्रस्ताव उनको एकल प्रस्ताव होईन, हामी स्थायी कमिटीका बरिष्ठ ५ जना नेताको संयुक्त प्रस्ताव हो, सो प्रस्तावमा मेरोपनि धेरथोर योगदान छ ।’
उपाध्यक्ष गौतमले कमजोरी आत्मसात गरेर आत्मआलोचना गर्नसमेत ओलीलाई सुझाव दिए । तपाईंको कमजोरी आफैले मूल्याङ्कन गर्नुस्,‘उनले ओलीलाई भने,‘तपाई र प्रचण्ड दुबैले कमजोरी केलाउनुस् र मिल्नुस् ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।