कास्कीको अन्नपूर्ण गाउँपालिकामा आगलागि हुँदा २ तले घर जलेर नष्ट भएको छ । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ हाडी बस्ने शिवराज भण्डारीको ढुंगा र माटोले बनेको २ तले घर जलेको हो ।
घर जल्दा नगद, सुन, अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आगलागिको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।