प्रतिकात्मक तस्बीर
विश्वमै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्यामा फेरि नयाँ रेकर्ड कायम भएको छ।
विश्वभर पछिल्लो २४ घण्टामा १० हजार ८ सय ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
एकैदिन विश्वमा मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो।
यसअघि, बुधबार (मंसीर ३ गते) १० हजार ५ सय ३६ जना संक्रमितको मृत्यु भएको थियो।
एकैदिन मृतकको संख्यामा सर्वाधिक वृद्धि भएसँगै विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३ लाख ५३ हजार ९ सय १८ पुगेको छ।
दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार १ सय ४८ जनाको मृत्यु भएको छ।
युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५३ हजारभन्दा बढीको मृत्यु भएको छ।
बेलायतमा पछिल्लो २४ घण्टामा ५ सय २९ संक्रमितको मृत्यु भएको छ। योसँगै त्यहाँ मृतकको कुल संख्या ५३ हजार २ सय ७४ पुगेको छ।
जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभरि नै मृतकको संख्या बढ्दै गएको छ।
युरोपमा बेलायतपछि इटालीमा सबैभन्दा बढी संक्रमितको मृत्यु भएको छ। इटालीमा अहिलेसम्म ४७ हजार २ सय १७ जनाको मृत्यु भएको छ।
यस्तै फ्रान्समा ४६ हजारभन्दा बढीको मृत्यु भएको छ। धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमा स्पेन तेस्रो स्थानमा छ।
संक्रमणको दोस्रो लहरसँग युरोपका अधिकांश देशले प्रतिबन्धका नयाँ नियमहरु जारी गरेका छन्।
संक्रमण बढेपछि युरोपेली मुलुकहरूमा फेरि प्रतिबन्ध कायम भएका छन् ।
बेलायत, इटाली, फ्रान्स लगायतका मुलुकले कतै लकडाउन, कतै निषेधाज्ञा त कतै कर्फ्यू नै जारी गरेका छन्। तैपनि, संक्रमण दरमा भने कमी आएको छैन।
यस्तै, पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ५ हजार ६९ संक्रमित थपिएका छन्। योसँगै विश्वभर संक्रमितको संख्या ५ करोड ६५ लाख ४४ हजार ९ सय १ पुगेको छ।
यसमध्ये ३ करोड ९३ लाख ३५ हजार ६ सय ५ जना संक्रमण मुक्त भएका छन्।
पछिल्लो २४ घण्टामाम विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ५८ लाख ५५ हजार १८ पुगेको छ।
उपचार गराइरहेकामध्ये १ लाख १ हजार २ सय १५ जना सिकिस्त रहेको वल्र्डाेमिटर्सले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






