कराँची किङ्सलाई पहिलो पटक पाकिस्तान सुपर लिग क्रिकेटको उपाधी


     एभरेस्ट आवाज    
     मंसिर ४ गते २०७७ मा प्रकाशित




कराँची किङ्सले पहिलो पटक पाकिस्तान सुपर लिग क्रिकेट पीएसएलको उपाधी जितेको छ ।

गएराती सम्पन्न फाइनल खेलमा कराँची किङ्सले लाहोर कलन्दर्सलाई ५ विकेटले पराजित गर्दै पहिलो पटक पीएसएल उपाधी जितेको हो।

टस जितेर पहिले ब्याटिङ रोजेको लाहोर कलन्दर्सले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो।

जवाफी व्याटिङमा कराँची किङ्सले १८ दशमलव ४ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेपछि यो फाइनल खेल कराँचीले जितेको हो।

४९ बलमा ६३ रन बनाउन सफल कराँची किङ्सका बाबर अजाम ‘म्यान अफ द टुर्नामेन्ट’ बने।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।