सरकारले कोभिड–१९ का कारणले विदेशबाट फर्किएका व्यक्तिको विवरण संकलन गर्ने भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै यही मंसीर १३ गतेभित्र कोभिड–१९ का कारणले फर्किएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिको विवरण पठाउन निर्देशन दिएको छ।
मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै यही मंसीर १३ गतेभित्र विवरण पठाउन निर्देशन दिएका हुन्।
पत्रमा कोभिड–१९ को कारणबाट भारतलगायत अन्य मुलुकबाट रोजगारी गुमाएका र अध्ययन गरी फर्किएका शिक्षित तथा दक्ष बेरोजगार र १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार व्यक्तिको विवरण पठाउन भनिएको छ।
उनले रोजगारीको सम्भाव्यता अध्ययन गर्ने प्रयोजनका लागि विवरण संकलन गर्न थालिएको बताए।
विवरणमा विदेशमा रहँदा संलग्न भएको सीप वा तालीम, कुन मुलुकबाट फर्किएको, फर्कनुको कारण (रोजगार गुमाएको÷अध्ययन गरी फर्किएको) उल्लेख गर्न भनिएको छ।
कोभिड–१९ का कारणले सयौँ रोजगारी गुमाएका मानिस स्वदेश फर्किएका छन।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





