फाइल तस्विर : प्रधानमन्त्री केपी शर्मा ओली ।
प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
आज (शुक्रबार) छठ पर्वका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले शुभकामनामा भनेका छन्, ‘पर्वले तराई मधेस र पहाडका नेपाली समुदायबीच सेतुको रुपमा काम गरेको छ।
विविधतायुक्त नेपाली समाजमा यस्ता चावपर्वले अन्तरसम्बन्धलाई अझ बढी मजबूत बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको प्रधानमन्त्री ओलीले बताएका छन्।
उनले छठ पर्वको यस उल्लासका बीच कोभिड १९ को महामारीलाई सामना गरिरहेकाले स्वास्थ्य मापदण्ड अपनाएर पर्व मनाउन आग्रह गरेका छन्।
कोरोना महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक तथा सामाजिक जीवनमा मात्र होइन, मुलुकको समृद्धिको अभियानमा पनि अवरोध पु¥याएको उनको भनाई छ।
जनताको स्वास्थ्यमा गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले आवश्यक कदम चाल्दै आएको प्रधानमन्त्री ओलीले बताए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






