भारत उत्तरप्रदेश राज्य (युपी)को प्रतापगढ जिल्लामा बिहीबार राति सवारी दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमध्ये ६ जना बालबालिकासमेत रहेको प्रहरीले जनाएको छ ।
शेखपुरा गाउँबाट जन्ती लिएर फर्किएको जीप प्रयागराज राजमार्गमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।
मध्यरात भएकाले चालकको कमजोरीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।
दुर्घटनामा जीप पूर्णरुपमा क्षतिग्रस्त भएको र सवार सबैको मृत्यु भएको छ।
यसैबीच, उत्तर प्रदेशका मुख्यान्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गरेका छन्।
एजेन्सी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






