पोखरामा शुक्रबार थप आठ संक्रमितको मृत्यु


     एभरेस्ट आवाज    
     मंसिर ५ गते २०७७ मा प्रकाशित




फाईल तस्बिर ।

मंसिर ५ पोखरा ।  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट पोखरामा थप ८ जनासंक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कोरोना संक्रमणबाट पोखराका ६ जना र तनहुँका दुई जना संक्रमितको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका–२७ का ७१ वर्षीय पुरुष, पोखरा–८ का ५४ वर्षीय पुरुष र तनहुँको म्याग्दे गाउँपालिका–४ का ५१ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ  ।

यस्तै, पोखरा–९ का ६८ वर्षीय संक्रमित पुरुष, पोखरा–२१ का ७५ वर्षीय पुरुष, पोखरा–१७ का २९ वर्षीय पुरुष, पोखरा–१३ का ५५ वर्षीय पुरुष र तनहुँको भिमादका ६६ वर्षिय संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयद्वारा विज्ञप्तीमा भनिएको छ ।

यो सहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३९ पुगेको सरकारी तथ्याङ्क छ ।

यसअघि कोरोना संक्रमणबाट प्रदेशका कास्कीमा ७०, नवलपुर वर्दघाट सुस्ता पूर्वमा १९, तनहुँमा १७, स्याङ्जामा ११, बाग्लुङ र गोरखामा ८–८, म्याग्दीमा ३, लमजुङमा २ र पर्वतमा १ जनाको मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस् :

कोरोनाले पोखरामा एकैदिन ७ को मृत्यू

कोरोनाबाट भिमादका ६६ वर्षिय पुरुषको मृत्यु

गण्डकीमा शुक्रबार निको हुने र थपिने संक्रमित उस्तै–उस्तै


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।