फाइल तस्विर
आज (मंगलबार) देखि १२ को परीक्षा हुँदैछ।
नोवेल कोरोना (कोभिड १९) कारण वैशाखमा स्थगित परीक्षा आज (मंगलबार) बिहान ८ बजेदेखि परीक्षा संचालन हुँदैछ।
विद्यार्थी बसेकै ठाउँ नजिकका ४ हजार १ सय ५ वटा केन्द्रमा ४ लाख ३३ हजार विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षा संचालनका लागि हिमाली जिल्लाहरुमा प्रश्नपत्र पठाइसकेको र अन्य जिल्लामा परीक्षा संचालन हुनुअघी इमेलबाट पठाउने जनाएको छ।
कोभिड १९ को संक्रमणका कारण स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्न लगाएर परीक्षा संचालन गरिने जनाइएको छ।
संक्रमित तथा कोभिडसँग लक्षण मिल्दोजुल्दो देखिएका बिरामी विद्यार्थीका लागि पछि बेग्लै परीक्षा संचालन गर्ने पनि बोर्डको योजना छ।
कोभिडका कारण बोर्डले ४० अंकको परीक्षा लिन लागेको हो।
साथै उत्तरपुस्तिका समेत विद्यालयकै सम्बन्धित शिक्षकहरुबाट परीक्षण गराई मंसिर २२ गतेभित्र प्राप्ताङ्कको फाइल बोर्डको कार्यालयमा पठाउनुपर्ने निर्देशन बोर्डले दिएको छ।
परीक्षा सम्पन्न भएको १ महिनाभित्रै परीक्षाफल प्रकाशित गर्ने पनि बोर्डको तयारी छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लव अफ पोखरा हेमजाको लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति…






