मंसिर १४ काठमाण्डौ । एक हप्ताको अवधीमा कोरोना संक्रमणका कारण थप ६ जना गैरआवसीय नेपालीको मृत्यु भएको छ ।
यो हप्ता कोरोना संक्रमणबाट साउदी अरबमा चार, पोर्चुगलमा एक र यूकेमा एक जना नेपालीको मृत्यु भएको हो ।
योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउने गैरआवासीय नेपालीको सङ्ख्या दुई सय ९९ पुगेको गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।
कोरोनाबाट अहिलेसम्म विभिन्न १९ देशमा रहेका नेपालीको ज्यान गएको छ ।
हालसम्म ४५ देशमा ४७ हजार पाँच सय ८३ गैरआवासीय नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्य ४३ हजार ५७४ कोरोना सङ्क्रमणबाट मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







