कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत वरिष्ठ गायक जगतमर्दन थापाको अवस्था गम्भीर बनेको छ । काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा २४ दिनदेखि सोहि अस्पतालमा उपचाररत उनको अवस्था गम्भीर रहेको हो । थापाको अवस्था गम्भीर बनेपछि अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । ८५ वर्षीय गायक थापा कोरोना मुक्त भएर घर फर्केपनि छातीमा समस्या भएपछि पुनः अस्पताल भर्ना भएका हुन् । उनलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको अस्पताल श्रोतको भनाई छ ।
यसैबीच, लेखक तथा चलचित्र निर्देशक प्रकाश सायमीले सर्जक थापाको उपचारमा सरकारले चासो दिनुपर्ने धारणा व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै उनले थापाले नेपाली गीत संगीतमा अनवरत लागेर महत्वपूर्ण योगदान दिएकाले उनले दिएको योगदानको कदर स्वरुप सरकारले उपचारमा सहयोग गर्नुपर्ने उनको भनाई छ ।
थापा ८५औं जन्मोत्सवको अवसरमा छैठौं एल्बम निकाल्ने तयारीमा थिए । तर सोहि ब्यस्तताका कारण उनी विरामी परेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






