सिमकोटस्थित विमानस्थलको कर्मचारी बस्ने क्वाटरमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजे लागेको आगो ३ घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकास सुवेदीले जानकारी दिनुभयो । विमानस्थल प्रमुख बस्ने क्वाटरमा लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित स्थानीयवासीको प्रयासपछि नियन्त्रणमा आएको प्रहरी प्रमुख सुवेदीले बताउनुभयो । सिमकोटको तापक्रम माइनमा झरेर पानी जमेकाले आगो निभाउन समस्या भएको थियो । कार्यालयमा प्रयोग भएको हिटरका कारण विद्युत्को तार सर्ट भई आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । अगालागीबाट ६ कोटे भवनको ३ कोठा पूणरुपमा जलेर नष्ट भएका छन् बाँकी ३ कोठामा आंशिक क्षति भएको विमानस्थलका प्रमुख विष्णु अधिकारीले बताउनुभयो । आगलागी शुरु भएको कोठामा रहेका कार्यालयका कागजात, एसि, सोलार, ब्याट्री जलेर नष्ट भएको छ । बाँकी रहेका कोठाको झ्याल ढोका पनि आगो नियन्त्रण गर्न फोडिएको छ । भवनमा ५० प्रतिशत क्षति पुगेको छ । आगो नियन्त्रणका क्रममा जिल्ला प्रहरी कार्यालय हुम्लाका कर्मचारी गणेश सुइँयाल घाइते भएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






