नेपाली गीत, संगीत जगतका चम्किला तारा स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको स्वर्गारोहण भएको ३० वर्ष पुगेको छ। ३० वर्ष यता, हरेक वर्षको मंसीर १९ गते उनै स्वर सम्राटलाई सम्झने गरिन्छ। आज यस वर्षको मंसीर १९ गते अर्थात स्वर सम्राट नारायण गोपालको ३० औं स्मृति दिवस।
उनका कालजयी गीतले नेपाली गीत–सङ्गीतको स्वरुप नै बदलिदियो । हिन्दी गीतबाट प्रभावित त्यतिबेलाको समयमा उनका एकपछि अर्को गर्दै आएका विभिन्न गीतहरुले दर्शक, स्रोताको मन जित्न सफल भएका छन् । उनका गीत राष्ट्रिय भावले ओतप्रोत रहेका छन् ।
स्वर सम्राटको स्मृति हालै पोखरामा संचालनमा आएको एभरेस्ट एफ.एम.९३ मेगाहर्जलो शुक्रबार ‘स्मृतिमा नारायणगोपाल’ कार्यक्रम मार्फत उनलाई सम्झने एउटा सार्थक प्रयास गर्यो। जसलाई, साहित्यकार तथा नेपाली चलचित्र क्षेत्रका निर्देशक प्रकाश सायमीकोे ‘अन्टोल्ड स्टोरी’सँगै जोजिजू म्युजिक सेन्टर (स्कूल) का संचालक एवं प्रक्षिक र संगीतका छात्रछात्राले नारायण गोपालले गाएका कालजयी गीतहरु गाएर स्वर सम्राटप्रति श्रद्धा र सम्मान प्रकट गरियो।
जोजिजू म्युजिक सेन्टर (स्कूल)का संचालक बिनित जोजिजूले नागेन्द्र थापाको माइलस्टोन गीत ‘बिर्सेर फेरी, मलाई नहेर’ बोलको गीतलाई ट्रयाकमा गाएर स्वर सम्राटको सम्झना गरे। स्कूलकी प्रशिक्षक सानु जोजिजूले ‘यति धेरै माया दिई…’ बोलको गीतलाई भ्वाइलिनको संगीतबाटै श्रद्धा अर्पण गरिन्।
त्यस्तै स्कूलमा हाल गीत, संगीत सिक्दै गरेका विद्यार्थीहरु रोहन थापा, उषा गुरुङ र प्रिया गुरुङहरुले नारायण गोपालले गाएका गीतहरु प्रत्यक्ष सुन्न पाएनन्। उनीहरु जन्मदा स्वर सम्राटको भौतिक शरीर यस धर्तीबाट अस्ताइसकेको थियो।
तैपनि, रोहन, उषा र प्रियालगायतका कलिला संगीत पारखी मनहरुले स्वर सम्राटको गाएको गीत स्वर सम्राटले गाएको कालजयी गीत भने उनीहरुले आजसम्म पनि सुन्दै आएका छन्। स्वर सम्राटको कालजयी गीतहरुलाई गाएर उनीहरुले स्वर सम्राटप्रति सम्मान व्यक्त गरे।
रोहनले ‘एउटा मान्छेको मायाले’ गीत गाएर स्वर सम्राटको सम्झना गरे। स्कूलकी छात्रा उषाले ‘केही मिठो बात गर …’ बोलको कालजयी गीत गाएर स्वर सम्राटलाई सम्झिइन्। स्कूलकी अर्की छात्रा प्रिया गुरुङले ‘मलाई नसोध…’ बोलको गीतमार्फत स्वर सम्राटलाई सम्झिइन्।
अन्त्यमा, स्कूलका संचालक एवं प्रशिक्षक विनित जोजिजू, प्रशिक्षक सानु जोजिजू, संगीतकार करण तामाङलगायतले कुनैबेला सर्वाधिक मन पराइएको नेपाली चलचित्र ‘चिनो’ को गीत ‘मोहनी लाग्ला है..’ को सामूहिक गीत गाएर स्वर सम्राटप्रति श्रद्धा सुमन अर्पण गरे।
कालजयी गीतसँगसँगै संगीतकार करण तामाङले (हार्मोनियम), प्रदीपराज पालले (गिटार), रिहाना गुरुङले (क्याजोन), सानु जोजिजूले (भ्वाइलिन) र उत्प्रेम जोजिजूले –(तबला) बाद्यबादन बजाएर स्वर सम्राटलाई सम्झिए। उत्प्रेमले सानै (दुई वर्ष) को उमेरमा ड्रमसेट बजाएर गिनिज बुकमा नाम लेखाउन सफल भएका थिए।
युवा गायक धर्मेन्द्र सेवाङले स्वर सम्राट नारायण गोपालको स्मृति दिवसलाई ‘पवित्र दिन’ को संज्ञा दिए। धर्मेन्द्रले ‘नेपाली गीत संगीत क्षेत्रको विश्वविद्यालय’ को अर्को संज्ञा दिदैँ दिनेश अधिकारीको शब्द, दिब्य खालिङले संगीतमा नारायण गोपालले गाएको ‘तिमि जुन रहरले’ बोलको कालजयी गीत गाएर स्वर सम्राटलाई सम्झिए।
हिमाली साँस्कृतिक परिवारका वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर थापाले नारायण गोपालका कालजयी ‘यति चोखो, यति मिठो’ गीत गुन्गुनाउँदै स्वर सम्राटप्रति। गायिका शितल थापाले ‘आजभोली हरेक क्षण’ गीत गाएर स्वर सम्राटलाई सम्झिइन्। गायक अनुज कुलुङले ‘आँखा छोपी नरोउ भनी भन्नु पर्याछ…’ गीतमार्फत स्वर सम्राटको सम्झना गरे।
न्यूज पोर्टल एभरेस्ट आवाज डट कमको फेसबुकबाट र एभरेस्ट एफएमबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। स्मृति दिवसमा स्वर सम्राटको सम्मानमा आज (शुक्रबार) दिनभर एभरेस्ट एफएमबाट नारायण गोपालको कालजयी गीतहरु मात्रै बजाइने एभरेस्ट मिडिया हाउस प्रा.लि.का सम्पादक दीपेन्द्र श्रेष्ठले बताए।
सांगितिक कार्यक्रमसँगै साहित्यकार तथा नेपाली चलचित्र क्षेत्रका निर्देशक प्रकाश सायमीले स्वर सम्राट नारायण गोपालको साँगीतिक तथा पारिवारीक र जीवनको विभिन्न आयामबारे ‘अन्टोल्ड स्टोरी’ गरे। स्वर सम्राट नारायण गोपाललाई नजिकबाट चिन्ने सायमीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन,
‘नारायणगोपाल गाऔँ।
नारायणोपाल सुनौँ।
नारायणगोपाल बुझौँ।
देश त्यही मुस्कुराउँछ।’
नेपाली गीत संगीतको क्षेत्रमा गहिरो प्रभाव छोड्न सफल उनी नेपाली जन जनको मनमा अहिले पनि जीवन्त छन्। बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवीका कोखबाट उनी विसं १९९६ असोज १८ गते काठमाडौँमा जन्म भएको थियो। उनको विसं २०४७ मंसीर १९ गतेका दिन ५१ वर्षको उमेरमा निधन भएको थियो। करिब १०० बढी गीतमा आवाज दिएका उनका सबै गीत कालजयी छन् । अहिलेको समयमा पनि उत्तिकै राम्रा मानिन्छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






