चीनको कोइलाखानीमा विषालु ग्यास चुहिँदा कम्तीमा १८ कामदारको मृत्यु


     एभरेस्ट आवाज    
     मंसिर २० गते २०७७ मा प्रकाशित




चीन । चीनको एउटा कोइलाखानीमा विषालु ग्यास चुहिँदा कम्तीमा १८ जना कामदारको मृत्यु भएको छ ।

चीनका दक्षिण पश्चिमस्थित चुङ्चिङमा रहेको कोइलाखानीमा कार्बन मनोक्साइड चुहिँदा कम्तीमा १८ जना कामदारको मृत्यु भएको हो ।

सो खानीमा काम गर्ने पाँच जना कामदार हराइरहेको र एक जनाको जिवितै उद्दार गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दुई महिनादेखी बन्द रहेको सो खानीका कामदारहरुले भूमिगत उपकरण फुकाल्न खोज्दा ग्यास चुहिएको अनुमान गरिएको छ ।

सो घटनाको छानबिन सुरु भइसकेको खबरमा भनिएको छ ।

गएको सेप्टेम्बर महिनामा चुङ्चिङमा रहेको अर्को खानीमा आगो लाग्दा १६ जनाको ज्यान गएको थियो । अघिल्लो वर्ष डिसेम्बरमा पनि ग्वेजो प्रान्तमा रहेको कोइलाखानीमा विस्फोट हुँदा १४ जनाको ज्यान गएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।