स्याङ्जामा स्रष्टा सम्मान तथा रचना वाचन सम्पन्न


     एभरेस्ट आवाज    
     मंसिर २० गते २०७७ मा प्रकाशित




मंसिर २० पोखरा । स्याङ्जाको राङखोलामा शनिबार स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

शिव कुमार अधिकारी प्रतिष्ठान तथा लक्ष्मी स्मृति पुस्तकालयको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा टिकाराम वाग्ले र कपिल अज्ञातलाई नगद, दोसल्ला र सम्मापत्रबाट सम्मान गरिएको छ ।

सम्मानित स्रष्टाहरुलाई कार्यक्रमका प्रमुख अतिथि त्रिभूवन विश्वविद्यालयका सह–प्रध्यापक पूर्णप्रसाद अधिकारीले दोसल्ला ओडाएर सम्मान गरेका हुन् ।

स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष तथा राङखोला लक्ष्मी स्मृति पुस्तकालयका अध्यक्ष समेत रहेका विश्व प्रेम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आस्था पौडेल, नविनकुमार जिसी, किशोरकुमार श्रेष्ठ, सुरजकुमार अधिकारी, बाबुराम सिग्देल, टिकाराम वाग्ले, कपिल अज्ञात, प्रध्यापक यमबहादुर पौडेल, त्रिभूवन शर्मा, पूर्णप्रसाद अधिकारी, अग्निप्रसाद पौडेल लगायतले रचना वाचन गरेका थिए ।

कार्यक्रममा शिवकुमार अधिकारी प्रतिष्ठानका अध्यक्ष सुबोधकुमार अधिकारीले प्रतिष्ठानले साहित्य, संस्कृति, शिक्षा र राजनितिक विधा समेट्ने गरि अक्ष्यकोषको स्थापना गरिएको जानकारी दिए । पुतलीबजार नगरपालिकाको राङखोलास्थित सुन्तला केन्द्रमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन शिबप्रसाद पौडेलले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।