सपना मगरलाई एनआरएनएद्वारा सम्मान


     एभरेस्ट आवाज    
     मंसिर २२ गते २०७७ मा प्रकाशित




बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा पर्न सफल सपना रोक्का मगरलाई गैरआवासीय नेपाली संघ (एनआरएन) बाट सम्मान भएकी छन्।

गैरआवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीको आयोजनामा भएको पहिलो विश्व युवा सम्मेलनमा मगरलाई सम्मान गरिएको हो। उनलाई १ लाख १ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो।

कार्यक्रममा सपनाले भनिन्, ‘सम्मानस्वरुप प्राप्त रकम बेसहारा वर्गका लागि खर्च गर्नेछु।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।