अभिनेत्री स्वेता खड्काले आज विवाह गर्दै, मेहन्दी लगाउँदै गरेका तस्बिरहरुसहित….


     एभरेस्ट आवाज    
     मंसिर २२ गते २०७७ मा प्रकाशित




नायीका स्वेता खड्का आज वैवाहिक जीवनमा प्रवेश गर्दैछिन् । उनले आज धनगडीका विजयेन्द्रसिंह रावतसँग विवाह गर्न लागेकी हुन् । उनको विवाह गोकर्ण रिसोर्टमा हुँदैछ ।

केहि दिनअघी मात्र उनले विवाह गर्ने घोषणा गरेकी थिईन् । आजको विवाहमा परिवार मात्र सिमित रहने बताइएको छ । विश्वव्यापी महामारीका कारण विवाहमा धेरैलाई नबोलाएर परिवार भित्रमात्र सिमित गरेको खड्काले बताएकी छन् ।

खड्काको यो दोश्रो विवाह हो । अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी उनी ६ वर्षदेखि एकल जीवन बिताउँदै आएकी छन् । विवाह भएको दोश्रो दिनदेखि नै विरामी भएका अभिनेता श्रेष्ठको विवाहको छैटौं दिनमा निधन भएको थियो ।

अभिनेत्री खड्काले आफूले जीवनको दोश्रो अध्याय शुरु गरेको बताएकी छन् । उनले पहिलो विवाह दुर्घटनामा परेपछि मृत्यू रोज्ने कि नया जीवन भन्ने दुई बाटो मध्ये आफूले जीवन रोजेको भन्दै विवाह गर्न लागेको फेसवुकमा स्टाटस लेख्दै जनाएकी थिईन् ।

यसैबीच अभिनेत्री खड्काले आफ्नो हुनेवाला श्रीमान विजेन्द्रसिंह सँगका तस्बिर र मेहन्दी लगाएका तस्बिरहरु सार्बजनिक गरेकी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।