अस्ताए आधुनिक संगीतका ज्येष्ठ गायक जगतमर्दन थापा


     एभरेस्ट आवाज    
     मंसिर २२ गते २०७७ मा प्रकाशित




आधुनिक संगीतका ज्येष्ठ गायक जगतमर्दन थापा अस्ताएका छन् । कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत थापा आज विहान अस्ताएका हुन् । उनको गम्भीर अवस्थामा विगत एक महिनादेखि काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भईरहेको थियो ।
८५ वर्षीय गायक थापा कोरोना मुक्त भएर घर फर्केपनि छातीमा समस्या भएपछि पुनः अस्पताल लगिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएपनि बचाउन नसकेको परिवारलाई उद्धृत गर्दै साहित्यकार प्रकाश सायमीले बताए ।
थापा ८५औं जन्मोत्सवको अवसरमा छैठौं एल्बम निकाल्ने तयारीमा थिए । सोहि काममा ब्यस्त भएका बेला उनी विरामी परेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।