नेपाल पब्लिक क्याम्पस संघ कास्कीमा आवद्ध क्याम्पसहरुले आफ्ना विद्यार्थिहरुको पठन पाठन भौतिक उपश्थितिमानै सञ्चालन गर्ने भएका छन् ।
जिल्लामा रहेका सामुदायीक क्याम्पसहरुको साझा संस्था नेपाल पब्लिक क्याम्पस संघ कास्कीको मंगलवार बसेको वैठकले विद्यार्थिहरुको प्रत्यक्ष कक्षा सञ्चालनको अनिवार्यतालाई ध्यान दिदै भौतिक उपश्थितिमै कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष ऋषिराम बुढाथोकीको अध्यक्षतामा वसेको सो बैठकले त्रिवि रजिष्ट्रार कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाको मंसीर १४ गते जारी गरेको सूचनालाई अवलम्वन गर्दै यही पौष १३ देखि पठनपाठन गर्ने निर्णय गरेको हो । सो सूचना बमोजिम नै क्याम्पसहरुले आवश्यक सतर्कता र मापदण्ड पुरा गर्दै कक्षा सञ्चालन गर्ने निर्णय गरेको नेपाल पब्लिक क्याम्पस संघ कार्यसम्पादन समितिका सदस्य बीरन्जी गौतमले वताए ।
उक्त निर्णय सँगै विगत नौ महिना देखि बन्द भएका क्याम्पसहरुमा प्रत्यक्ष कक्षा सञ्चालन हुने भएका छन् । कोभिड १९ को कारण कास्कीका सामुदायीक क्याम्पसहरुले अनलाईन कक्षा सञ्चालन गर्दै आईरहेको भएता पनि प्रभावकारी भने हुनसकेको छैन ।
जसको कारण त्रिभूवन विश्वविद्यालयले सम्भव भएसम्म भौतिक उपश्थितिमा कक्षा सञ्चालन गर्न क्याम्पसहरुको नाममा सूचना जारी गरीसकेको छ । जसको कारण काठमाण्डौ उपत्यका र पोखरा वाहेक अधिकांश स्थानमा प्रत्यक्ष कक्षा सञ्चालन भईसकेका छन भने त्रिविले भौतिक उपश्थितिमै स्नातक र स्नातकोत्तर तहका परिक्षाहरु संञ्चालन गरिरहेको छ भने राष्ट्रिय परिक्षा बोर्डले पनि कक्षा ११ र १२ का परिक्षा सञ्चालन गरिसकेको छ ।
उता कास्की स्थित सरकारी बिद्यालयहरुले पनि विद्यार्थिको पठनपााठन गत साता देखि भौतिक उपश्थितिमै शुरु गरिसकेका छन् । पोखरा महानगरपालिकाले पनि पौषको तेश्रो साता सूचना प्रकाशित गरी विद्यालयहरुलाई भौतिक रुपमा कक्षा सञ्चालन गर्ने मोडालिटी तय गर्दै भौतिक रुपमा कक्षा सञ्चालनको लागि वाटो खुला गरीसकेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अन्नपूर्ण प्याथ ल्याब (एपिएल) महेन्द्रपुलले चाडपर्वको अवसरमा युरिक एसिडको जाँच सित्तैमा गरिरहेको…







