गायक कर्णदासलाई मातृशोक परेको छ । उनकी ममतामयी माता रत्नदेवी दासको ७० वर्षको उमेरमा निधन भएको हो । मुटुरोगबाट ग्रसित उनको आज दिउँसो ३ः३० बजे निधन भएको कर्णदासको परिवारले जनाएको छ ।
कर्णदासकी आमा पोखराकी अग्रणी रंगकर्मीसमेत हुन् । कसैकसैले उनलाई पोखराकी पहिलो रंगकर्मीसमेत भएको बताउँछन् । यद्वपी पुष्टि भने नभइसकेको अग्रज रंगकर्मीहरु बताउँछन् । संस्कृति विज्ञ तीर्थ श्रेष्ठ पोखराको रंगकर्ममा रत्नदेवीको महत्वपूर्ण योगदान भएको बताउँछन् । मैले रत्नदेवी दिदीसँग संगत गर्ने अवसर त पाईन,उनले भने,‘तर उहाँले पोखराको रंगकर्मलाई एक कालखण्डमा महत्वपूर्ण योगदान दिनुभयो ।’ एक कालखण्डमा पोखराको रंगकर्मलाई चेतन कार्कीलगायतले उकासेका थिए, ठ्याक्कै त्यहिबेला रत्नदेवी दिदीकोपनि महत्वपूर्ण योगदान रह्यो ।’ उनले त्यसबेलाको उपक्षित समुदायबाट त्योपनि महिला भएरपनि पोखराको रंगकर्मलाई माथि उकास्न दिनु भएको योगदान ईतिहासमा दर्ज छ ।’
स्वर्गिय रत्नदेवीको पार्थिव शरिर अहिले उहाँकै निवास पोखरा–१० नयागाउँमा राखिएको छ । उनको भोलि पोखरा–२७ रिट्ठेपानीमा कृश्चियन परम्परा अनुसार अन्त्येष्टी गरिने कर्णदासको परिवारले जनाएको छ ।
कर्णदासको बुबाको २ वर्ष अघि निधन भएको थियो ।
स्वर्गिय रत्नदेवीको एक छोरा कर्णदास र २ छोरीहरु रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






