पोखरा । नवौं चरणको नेपाल लिटरेचर फेस्टिभल यसपटक भर्चुअल रुपमा हुने भएको छ ।
पोखरामा हुँदै आएको फेस्टिभल कोरोना महामारीका कारण यसपटक भर्चुअल रुपमा गर्न लागेको आयोजकले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ ।
बुकवर्म फाउण्डेसनको आयोजना र ¥यान्डम रिडर्स सोसाइटीको सहआयोजनामा हुन लागेको फेस्टिभल यही पुस १४ र १५ (२९ र ३० डिसेम्बर, २०२०) मा भर्चुअल रूपमा पोखरामा आयोजना हुने भएको छ । पुस १३ गते फेस्टिभलको पूर्वसन्ध्यामा भने शुभारम्भ साँझ हुनेछ । उक्त साँझमा प्रदीप रोदनसँग अमृत सुवेदीको मेहफिल कार्यक्रम हुने आयोजक संस्था बुकवर्म फाउन्डेसनले जानकारी गराएको छ । १५ सेसनमा ४० जना वक्ता जुट्नेछन् । फेस्टिभलका सबै सत्रहरु सामाजिक सञ्जाल एवं फेस्टिभलको आधिकारिक यूट्यव च्यानलबाट लाइभ प्रसारण हुने फेस्टिभलका निर्देशक अजित बरालले जानकारी दिए । फेस्टिभलमा साहित्यकार, लेखक, पत्रकार, कलाकार, विशिष्ट व्यक्तित्वका वक्ता रहनेछन् ।
फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले कोरोनाकालको समयमा समेत भौतिक रुपमा भए पनि फेस्टिभललाई निरन्तरता दिने हेतुले आफूहरु अघि बढेको बताए ।
फेस्टिभलका सहआयोजक संस्था ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले साहित्यका माध्यमबाट पोखरा चिनाउनु फेस्टिभल र आफूहरुको प्रयास रहेको बताए ।
आयोजक संस्थाकी सदस्य अनिकर्मले फेस्टिभलको माध्यमबाट पोखरेली युवामा पठन संस्कृति विकास गर्न सफल भएको बताइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






