पोखरेली अग्रज रंगकर्मी रत्नदेवी दासको आज अन्त्येष्टी गरिदैछ । हिजो निधन भएकी उनको आज अन्त्येष्टी गर्ने तयारी गरिएको हो । स्वर्गिय रत्नदेवीको पोखरा–२७ रिट्ठेपानीमा कृश्चियन परम्परा अनुसार आज अन्त्येष्टी गरिने परिवारले जनाएको छ । उनको पार्थिव शरिर अहिले उहाँकै निवास पोखरा–१० नयागाउँमा राखिएको छ । पोखरेली अग्रज रंगकर्मी लामो समयदेखि मुटु सम्बन्धी रोगबाट ग्रसित थिईन् । उनको हिजो दिउँसो ३ः३० बजे निधन भएको थियो ।
स्वर्गिय रत्नदेवी सुमधुर स्वरका धनी गायक कर्णदासकी आमा हुन् । पोखराको रंगकर्ममा कर्णदासकी आमा रत्नदेवीको महत्वपूर्ण योगदान रहेको छ । कसैकसैले उनलाई पोखराकी पहिलो महिला रंगकर्मीसमेत भएको बताउँछन् । यद्वपी आधिकारिक रुपमा भने पुष्टि नभइसकेको अग्रज रंगकर्मीहरुको भनाई छ ।
संस्कृति विज्ञ तीर्थ श्रेष्ठ पोखराको रंगकर्ममा रत्नदेवीको महत्वपूर्ण योगदान भएको बताउँछन् । मैले रत्नदेवी दिदीसँग संगत गर्ने अवसर त पाईन,उनले भने,‘तर उहाँले पोखराको रंगकर्मलाई एक कालखण्डमा महत्वपूर्ण योगदान दिनुभयो ।’ एक कालखण्डमा पोखराको रंगकर्मलाई चेतन कार्कीलगायतले उकासेका थिए, ठ्याक्कै त्यहिबेला रत्नदेवी दिदीकोपनि महत्वपूर्ण योगदान रह्यो ।’ उनले त्यसबेलाको उपक्षित समुदायबाट त्योपनि महिला भएरपनि पोखराको रंगकर्मलाई माथि उकास्न दिनु भएको योगदान ईतिहासमा दर्ज रहेको बताए ।
स्वर्गिय रत्नदेवीको एक छोरा कर्णदास र २ छोरीहरु रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन ४ जेनजी आन्दोलनमा सिंहदरबारसँगै सर्वोच्च अदालत पनि जल्यो । भ्रष्टाचार,…





