नेकपा स्थायी कमिटी सदस्य किरण गुरुङले आत्मघाती बाटो नरोज्न नेतृत्वलाई आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नका लागि सिफारिस गरेलगत्तै सामाजिक सञ्जालमा फेसवुकमा स्टाटस लेख्दै उनले आत्मघाती बाटो नरोज्न पार्टी नेतृत्वलाई आग्रह गरेका हुन् ।
नेकपा गण्डकी प्रदेश सहईञ्चार्जसमेत रहेका नेता गुरुङले कुनैपनि हालतमा पार्टी एकता र देशलाई दुर्घटनाबाट जोगाउनुपर्ने भन्दै फेसवुकमा लेखेका छन्,‘आत्मघाती बाटो नरोजौं, कुनैपनि मूल्यमा पार्टी एकतालाई जोगाऔं र देशलाई बर्बाद हुनबाट बचाऔं ।’
गुरुङ गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीपनि हुन् । पहिले बामदेव गौतमका विश्वास पात्र मानिने गुरुङ हाल आफ्नो पक्षमा रहेको ओली पक्षको दाबी छ । तर नेपाल पक्षलेपनि गुरुङलाई आफ्नै पक्षको भन्न छाडेका छैनन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, साउन १५ गण्डकी प्रदेश सभा सदस्यहरुले धार्मिक सहिष्णुता कायम गर्न अपिल…





