प्रदेशसभा बोलाउनेबारे प्रदेश प्रमुख शेरचनद्वारा मन्त्रीहरूसँग परामर्श


     एभरेस्ट आवाज    
     पौष ५ गते २०७७ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउने बारे प्रदेश सरकारका मन्त्रीहरूसँग परामर्श गरेका छन् ।

प्रदेश प्रमुख शेरचनले आइतबार आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान (अजित) र प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई प्रदेश प्रमुख निवासमा बोलाएर परामर्श गरेका हुन् । सो अवसरमा प्रदेश सरकारका प्रमुख सचिव विष्णुप्रसाद नेपाल समेत सहभागी थिए ।

प्रदेशसभाका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का सांसद्हरूले प्रदेशसभाको विशेष अधिवेशन बोलाउन माग गर्दै यसअघि, प्रदेश प्रमुखसमक्ष निवेदन दिएका थिए । विपक्षी १७ जना सांसद्ले विशेष अधिवेशनको माग गरेपछि प्रदेश प्रमुख शेरचनले मन्त्रीहरूसँग परामर्श गरेका हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पोखराबाहिर रहेकाले प्रदेश प्रमुख शेरचनले मन्त्रीहरूसँग परामर्श लिएका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।