युवा संघले पोखरामा निकालेको राँके जुलुशमा प्रहरी दमन, आधा दर्जन घाईते


     एभरेस्ट आवाज    
     पौष १३ गते २०७७ मा प्रकाशित




तस्बिर : राधीका कँडेल

राष्ट्रिय युवा संघले पोखरामा निकालेको राँके जुलुमा प्रहरीले निर्मम दमन गरेको छ । युवा संघले पोखराको पृथ्वीचोकमा सोमबार साँझ निकालेको राँके जुलुशमा प्रहरीले दमन गरेको हो । प्रहरीलाई झुक्याएर पृथ्वीचोक भन्दा केहि माथिबाट राँके जुलुश निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । शुरुमा पृथ्वीचोकस्थित तत्कालिन वाईसिएल क्याम्पबाट निकाल्ने भनिएपनि प्रहरीले सो क्षेत्र घेराबन्दी गरेर राखेपछि युवा संघले झुक्याएर पृथ्वीचोक भन्दा केहि माथिबाट निकाल्ने प्रयास गरेको थियो । तर झुक्याउँदा झुक्याउँदैपनि केहि प्रहरीले भेटेपछि उनीहरुमाथि लाठीचार्ज भएको हो । पृथ्वीचोकबाट निस्केको राँके जुलुशमा सहभागिहरुलाई प्रहरीले लाठीचार्ज गर्दै निर्मम कुटपीट गरेको युवा संघका केन्द्रीय सचिव सुमन देवकोटाले जानकारी दिए ।

प्रहरीले गरेको लाठीचार्जबाट युवा संघका केन्द्रीय सदस्य सुमन देवकोटा, सुजन बास्तोला, बिनायक तिमिल्सिना, क्षितिज सापकोटा, बलराम तिमिल्सिना, विपीन आचार्य, सञ्जय जैशी, बिजय थापालगायत घाईते भएको युवा संघ कास्कीका अध्यक्ष भोजराज पौडेलले जानकारी दिए । देवकोटाको आँखामा चोट लागेको छ भने अन्यको टाउको, ढाड र खुट्टामा चोट लागेको उनले बताए ।

तस्बिर : राधीका कँडेल

राँके जुलुशपछिको कोणसभालाई सम्बोधन गर्दै युवा संघका केन्द्रीय सचिव सुमन देवकोटाले ओली फाँसीबादी भएको बताए । उनको कदम प्रतिगामी भएको भन्दै नसच्चिएसम्म आन्दोलन जारी राख्ने उद्घोष गरे ।

युवा संघ कास्कीका अध्यक्ष भोजराज पौडेलले राँके जुलुश निकाल्ने क्रममा गरिएको दमनप्रति खेद व्यक्त गर्दै यसको बदला लिएरै छाड्ने चेतावनी दिएका छन् । शान्तिपूर्ण जुलुशमा दमन भएको भन्दै उनले अब थप सशक्त कार्यक्रम ल्याउने बताए । तस्बिर : राधीका कँडेल


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।