आजबाट ईस्वी संवतको नयाँ वर्ष २०२१ प्रारम्भ भयो। नयाँ वर्ष २०२१ लाई स्वागत गर्न विश्वभर गरिदैंछ। अब, २०२० विगत बन्यो। नयाँ वर्ष २०२१ को मिर्मिरेमा विश्वले प्रवेश ग¥यो। कोरोना कहरका कारण सन् २०२० विश्वकै लागि विर्सनलायक बन्यो। अर्थात, २०२० विषम र कठिन वर्ष बन्यो। २०२० भर नै विश्व लकडाउनमै बाँधियो। चीनको उहान प्रान्तबाट देखा परेको कोरोना (कोभिड–१९) ले पूरै विश्व समाजलाई नै बन्दाबन्दीमा राख्यो।
दोश्रो विश्वयूद्धपछिको सर्वाधिक ठूलो विषम र कठिन वर्षको रुपमा यो २०२० को वर्ष बन्यो। अझैपनि, विश्वमा कोरोना भाइरसका विभिन्न संस्करणहरुको प्रभाव छ। कतिपय देशहरु अझै खुलेका छैनन। कतिपय त खुलेर पनि बन्द भएका छन्। अनि, कतिपय देशहरु सुधारउन्मुख अवस्थामा छन्।
कोरोनाका कारण विश्वले खेपेको क्षति जोड–घटाउ गर्न असंभव जस्तै छ। अहिलेसम्म १८ लाख १३ हजारभन्दा बढीको मृत्यु भएको छ। विश्वका करिब ८३ करोड १३ लाखभन्दा बढी मानिस कोरोना संक्रमित बनेका छन्। आर्थिक क्षतिको पनि भरपर्दो विवरण अझै आएको छैन । महामारी चलिरहेकै बेलामा गत नोभेम्बर ८ तारिखदेखि कोरोनाविरुद्धको खोप प्रयोगमा आएको छ । फाइजर र बायोएनटेकले विकास गरेको खोप प्रयोग भइसकेको छ। महामारीकैबीच पनि गत नोभेम्बर ८ तारिखदेखि फाइजर र बायोएनटेकले विकास गरेको कोरोनाविरुद्धको खोप प्रयोगमा आएको छ ।
कोरोना महामारीको यो समयमा नयाँ वर्षले केही नयाँ आशा लिएर आउने धेरैले विश्वास लिएका छन्। थुप्रै देशमा प्रतिबन्ध सहित उत्सव मनाउने तयारी गरिरहेका छन।
नयाँ वर्ष मनाउने क्रममै कुनै प्रतिबन्धबिना न्यूजिल्याण्डको अकल्याण्डमा सबैभन्दा पहिला नयाँ वर्षको उत्सव मनाइएको समाचार छ। अर्थात, न्यूजिल्याण्डको अकल्याण्डबाट नयाँ वर्षको उत्सव सुरुवात गरिएको छ। त्यहाँ, नयाँ वर्षको आतिशबाजीहरु गरिएको छ। त्यहाँको स्काई टावरमा रंगीन आतिशबाजीसहित २०२१ लाई स्वागत गरिएकोछ। अकल्याण्ड संसारको एक्लो ठूलो शहर हो। जहाँ, नयाँ वर्षको सुरुवात कुनै प्रतिबन्धबिना धुमधामले मनाइएको छ।
न्यूजिल्याण्ड ती देशमा समावेश छ जहाँ नयाँ वर्ष सबैभन्दा पहिले पुग्ने गर्छ। नेपालमा जब बेलुका पौने पाँच बज्यो तब न्यूजिल्याण्डमा रातको १२ बज्यो। नयाँ वर्षको सबैभन्दा पहिलो कार्यक्रम न्यूजिल्याण्डको अकल्याण्डमा मनाइएको छ। यहाँको स्काई टावरमा पाँच मिनेटको आतिशबाजीसहित नयाँ वर्षको स्वागत गरिएको छ।
सबैभन्दा पहिला अष्ट्रेलियाको नजिक टोंगा आइल्याण्डमा नयाँ वर्षको आगमन भएको छ। संसारको स्ट्यान्डर्ड टाइमको हिसाबले यहाँ सबैभन्दा पहिला रातको १२ बज्ने गर्छ। अमेरिका नजिकैको होल्याण्ड र बेकर आइल्याण्डमा सबैभन्दा अन्तिममा (नेपाली समयानुसार १ जनवरी बेलुका पौने ६ बजे) नयाँ वर्षको आगमन हुन्छ। यद्यपि, यो एउटा यस्तो इलाका हो, जहाँ कसैको पनि बसोबास छैन।
अष्ट्रेलियाको सिड्नी शहर नयाँ वर्षको आतिशबाजीका लागि चर्चित छ। ३१ डिसेम्बरको दिउँसोदेखि नै हार्बर ब्रिजमा फेरी रेस, सांगीतिक कार्यक्रम र सैन्य प्रदर्शनलगायतका कार्यक्रम गरेर नयाँ वर्ष मनाइन्छ। यो वर्ष पनि यी कार्यक्रमको आयोजना भइरहेका छन्। कोरोनाका कारण यहाँ मानिसहरु जम्मा हुन रोक लगाइएको छ। सिड्नीका मानिसहरुले कार्यक्रमहरुलाई लाइभ हेरे।
आज नेपाली टोपी दिवस पनि …

आज नेपालमा टोपी दिवस पनि मनाइदैँछ । अंग्रेजी नयाँ वर्षको पहिलो दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पनि मनाइदैछ । हरेक अंग्रेजी नयाँ वर्षको पहिलो दिन अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस पनि मनाइने गरिन्छ। नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनमा यस दिवस राखिएको हो ।
आज देशभरका नेपालीहरुले नेपाली टोपी लगाएर टोपी दिवस मनाउदैछन् । टोपी दिवसमा नेपाली युवा पुस्ताले ढाका र भादगाउँले टोपी लगाएर यो दिवस मनाउने गर्दछन्। संस्कृतविद्का अनुसार जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक उपहार स्वरुप टोपी बनाएर दिएको बताइन्छ।
प्रथम राणा प्रधानमन्त्री जंग बहादुर राणा सन् १८४० मा बेलायत जाँदा जहाजका बंगाली कर्मचारीले धोतीमाथि लगाएका कमिज अर्थात् अहिलेको इस्टकोट अनि ढाका टोपी देखेर राम्रो देखे। तिनै जंगबहादुरले त्यही भेष नेपालमा लिएर आएका कथाहरु सुन्नमा आउँछ। ढाका कपडा हातबाट बुनिन्छ र ढाकाबाट बनेको टोपी नेपालीहरुको शान बन्दछ।
भारतमा बृटिशको राजकाज चलिरहँदा बंगलादेशमा निर्माण हुने टोपीको कपडा बंगलादेशको ढाकामा बन्ने गर्दथ्यो। जसलाई नेपालसम्म आयात गरिन्थ्यो । क्रमशः ढाकामा बनेको यस टोपीलाई ‘ढाका टोपी’को नाम दिइयो। यही टोपी नेपाली शानको पर्याय बन्न गएको हो। आज, नेपाल ढाका कपडामा स्वनिर्भर छ। पाल्पा लगायतका धेरै ठाँउमा ढाका कपडाको उत्पादन हुने गर्दछ। नेपालमा हुने हरेक विवाह अनि समारोहहरुमा ढाकाका कपडा, टोपी एवं चप्पल पवित्र एवं सम्मानजनक मानिन्छन्। नेपाली पहिरनमा ढाका टोपी अपरिहार्य बनेको छ। नेपाली राष्ट्रिय पोशाकमा ‘ढाका टोपी’ बिना कुनै अर्थ रहँदैन।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







