ट्रम्पको कार्यकालमै ट्रम्पको भिटो अमेरिकी संसद कँग्रेसद्वारा अस्वीकार


     एभरेस्ट आवाज    
     पौष १८ गते २०७७ मा प्रकाशित




अमेरिकी संसदका दुबै सदनले पारित गरेको सुरक्षा खर्चसम्बन्धी विधेयक रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रयोग गरेको भिटो अमेरिकी संसद कँग्रेसले अस्वीकार गरेको छ।

राष्ट्रपति ट्रम्पको कार्यकालमै पहिलोपटक यसरी संसदले राष्ट्रपतिले प्रयोग गरेको भिटो अस्वीकार गरेको हो।

रिपब्लिकनहरुकै नियन्त्रण रहेको सिनेटमा नयाँ वर्षकै दिन विशेष अधिवेशन आव्हान गरी विधेयकका विषयमा छलफल गरिएको थियो।

सिनेटमा विधेयकको पक्षमा ८१ र विपक्षमा १३ मत परेको छ। यसअघि नै प्रतिनिधिसभाबाट विधेयक पारित भइसकेको थियो। राष्ट्रपतिले प्रयोग गरेको भिटो रोक्न दुबै सदनमा दुई तिहाई बहुमतको आवश्यकता पर्छ। रिपब्लिकन र डेमोक्र्याटिक पार्टीका तर्फबाट आगामी वर्षका लागि ल्याएको ७ सय ४० विलियन डलर बराबरको सुरक्षा खर्चसम्बन्धी विधेयक ल्याएको हो।

विधेयकमा अफगानिस्तान तथा युरोपमा रहेका अमेरिकी सैनिक कति संख्यामा फिर्ता बोलाउन सकिने भनि तोकिएको सीमा र सैनिक बेसबाट कन्फेडेरेड नेतृत्वको नाम हटाउने व्यवस्थामा राष्ट्रपति ट्रम्पको विरोध छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।