नक्कली पीसीआर रिपोर्ट पेश भएको पाइएपछि विदेश जान खोज्ने पक्राउ


     एभरेस्ट आवाज    
     पौष २० गते २०७७ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

कोभिड–१९ को नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान खोज्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार, सल्यानका दिनेशसिंह, धनुषाका तेजनारायण महत्तो, छेदी महतो र सोलेन्द्र महतो, मकवानपुरका रोशनप्रसाद आचार्य, अर्घाखाँचीका प्रवीन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङ पक्राउ परेका हुन्।

महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार राति उनीहरु विदेश जान लाग्दा नक्कली पीसीआर रिपोर्ट पेश भएको पाइएपछि पक्राउ परेका हुन् ।

पीसीआर रिपोर्ट नक्कली भएको आशंकामा विमानस्थल प्रहरीले उनीहरुलाई रोकी अनुसन्धानका लागि गौशाला पठाएको थियो। पछि परीक्षण गर्दा पीसीआर रिपोर्ट नक्कली भएको पाइएको थियो। उनीहरु फ्लाई दुबईको उडानबाट विदेश जान लागेको पाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।