बेलायती प्रधानमन्त्री जोनसनले भने, ‘हिंसा भड्काउन डोनाल्ड ट्रम्प जिम्मेवार’


     एभरेस्ट आवाज    
     पौष २४ गते २०७७ मा प्रकाशित




बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अमेरिकामा हिंसाको घटना हुनुमा राष्ट्रपति डोनाल्ड ट्रम्प जिम्मेवार रहेको आरोप लगाएका छन्।

‘यस्तो लाग्छ कि ट्रम्पले क्यापिटलमा बलपूर्वक प्रवेश गर्न उक्साए र अहिलेसम्म निष्पक्ष निर्वाचनमाथि प्रश्न उठाइरहेका छन् । यो सरासर गलत छ भन्ने मेरो मान्यता हो,’ जोनसनले भनेका छन्।

उनले उल्लेख गरेका छन्, ‘निर्वाचित राष्ट्रपतिको जितलाई औपचारिकता प्रदान गरिएकोमा आफूलाई खुशी लागेको र यसले लोकतन्त्रलाई बचाएको छ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।