टोकियो ओलम्पिक २०२१ अझै ढिला हुने संभावना


     एभरेस्ट आवाज    
     पौष २५ गते २०७७ मा प्रकाशित




सन् २०२१ मा जापानमा सुरु हुने भनिएको टोकियो ओलम्पिक सर्ने संभावना बढेर गएको छ।

जापान सरकारले जुलाईमा प्रतियोगिता सुरु गर्ने यसअघि नै घोषणा गरेपनि जापानमा कोराना महामारी बढेसँगै लगाइएका प्रतिवन्दका कारण प्रतियोगिता सुरु गर्न ढिलाइ हुने भएको हो।

प्रधानमन्त्री योसिहिदा सुगाले तोकिएको समयमै ओलम्पिक प्रतियोगिता संचालन गर्ने प्रतिवद्धता जनाएपनि कोरोनाको संक्रमण जारी रहेकाले प्रतियोगिता सर्ने संभावना रहेको अधिकारीहरुले जनाएका छन्।

विश्व खेलकुदको यो कुम्भमेला यसअघि गत वर्ष २०२० को २४ जुलाईदेखि ९ अगस्तसम्म हुने तय भएको थियो।

विश्वव्यापी कोरोना भाइरस महामारीका कारण गत मार्चमा यो ओलम्पिक स्थगित गरि २०२१ मा सारिएको थियो ।

तर हालसम्म पनि आयोजक राष्ट्र जापानसहित अन्य देशहरुमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि आउँदो जुलाई २३ देखि ८ अगस्तसम्म हुने भनिएको प्रतियोगिता पनि फेरि अनिश्चित बनेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।