५६ जना यात्रु बोकेको इण्डोनेसियाको विमान सम्पर्कविहीन


     एभरेस्ट आवाज    
     पौष २६ गते २०७७ मा प्रकाशित




इण्डोनेसियाको राजधानी जर्काताबाट उडेको श्रीविजया एअर बोइङ ७३७ केही समयमै सम्पर्कविहिन भएको छ ।

सम्पर्कविहीन भएको विमान समुन्द्रमा खसेको आशंका गरिएको छ।

राजधानी जकार्ताबाट वेस्ट पोन्टीनाकतर्फ उडान भरेको विमान कलिमनतन प्रान्तको आकासमा पुगेपछि केही समयमै सम्पर्कविहीन भएको थियो ।

इन्डोनेशीयाको राजधानी जर्काताबाट उडेको यस आन्तरिक उडानको विमान सम्पर्कमा नआएको विमानसेवा श्रीविजया एयरलाइन्सको आधिकारिक स्टेटमेन्टमा उल्लेख छ।

इन्डोनेशीयाको यातायात मन्त्रालयका प्रवत्ता अदिता इरावतीका अनुसार यस बोइङ ७३७–५०० मोडलको जहाज जर्काताबाट स्थानीय समय अनुसार १ बजेर ५६ मिनटमा उडेको हो। करिब २ बजेर ४० मिनटमा यो जहाज सम्पर्कविहिन भएको हो।

२६ वर्ष पुरानो यो विमानमा ६२ जना सवार थिए। ५६ यात्रु थिए, जसमध्ये ३ शिशु र ७ बालबालिका छन्। विमानमा २ पाइलट र ४ चालक दलका सदस्य थिए।

फ्लाइट राडर २४ का अनुसार विमान एक मिनेटभन्दा कम समयमा १० हजार फिट तल झरेको थियो।

विमान समुन्द्रमा खसेको आशंका गरिएको छ। समुन्द्रमा केही शंकास्पद शवशेषहरु पनि भेटिएको छ। प्रत्यक्षदर्शीहरुका अनुसार उनीहरुले ठूलो आवाज सुनेको बताएका छन्।

सोलिहिन नाम गरेका एक व्यक्ति, जो माछा मार्ने काम गर्थे,ले बीबीसी इण्डानेसिया सर्भिसलाई बताएका छन् कि उनले विमान दुर्घटना भइरहेको देखेका थिए।

‘लगतै आफ्नो क्याप्टेनका साथ समुन्द्रमा गए। उनले भनेका छन्, ‘विमान विजुली झै समुन्द्रमा खस्यो र पानीमा विस्फोट भयो।’

विमानका केही अवशेष पनि भेटिएको समाचार छ। त्यहाँको नेशनल रिसर्च एण्ड रेस्क्यू एजेन्सीका अधिकारीहरुले भने दुघर्टना स्थल पत्ता लगाउने प्रयास भइरहेको बताएका छन्।

समुन्द्रको एक स्थानमा अवशेषहरु भेटिएको स्वीकार गर्दै एक अधिकारीले भनेका छन्, ‘समुन्द्रको गहिराई २०२३ मिटर छ, हामी आज रातसम्ममा दुर्घटना स्थल पत्ता लगाउँछौं ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।