सरकार छाड्नुअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि फेरि महाअभियोग लागेको छ।
एक राष्ट्रपतिमाथि दुई पटकसम्म महाभियोग लागेको अमेरिकी इतिहासमै यो पहिलो घटना बनेकोा छ। यही सोमबार डेमोक्रयाटिक सांसदहरुले तल्लो सदनमा ट्रम्पमाथि महाभियोग दर्ता गरेका हुन्।
गत साता ट्रम्पको उक्साहटबाट उनका समर्थकहरुले क्यापिटल हिलमा छिरेर हिंसात्मक गतिविधि गरेपछि सोही घटनाको आधारमा महाभियोग लगाइएको हो।
डेमोक्रयाटिकका सांसदहरुले यसअघि नै ट्रम्पले राजीनामा नदिए उनीमाथि महाभियोग लगाउने चेतावनी दिए पनि ट्रम्पले भने आफ्ना समर्थकहरुमाझ नियमित रुपमा उत्तेजित र विवादित अभिव्यक्ति दिँदै आएका थिए।
महाभियोग प्रस्तावमाथि यही साताको अन्त्यतिर मतदान हुनेछ। नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले यही जनवरी २० मा औपचारिक रुपमा सत्ताको जिम्मेवारी ग्रहण गर्नेछन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







