अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युट्युब च्यानललाई निलम्बन गरेको छ।
सामाजिक सञ्जाल फेसबुक र ट्वीटरपछि भिडियो प्लेटफर्म युट्युवमा पनि मंगलबार ट्रम्पको च्यानललाई कम्तिमा एक साता निलम्बित गर्ने घोषणा गरेको हो।
ट्रम्पको च्यानलबाट हालिएका सामाग्रीहरुले युट्युबको नीति उल्लंघन गरेको कम्पनीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।
युट्युबले उनको च्यानलमा अपलोड गरिएका भिडियोमा कमेन्ट गर्न पनि प्रतिबन्ध लगाइने जनाएको छ। यद्यपी, ट्रम्पको च्यानलबाट अपलोड गरिएका कुन भिडियोले युट्युबको नीति उल्लंघन ग¥यो भनेर खुलाइएको छैन।
यसअघि ट्वीटरले ट्रम्पको एकाउन्ट स्थायी रुपमै बन्द गरेको थियो। त्यस्तै, फेसबुक र इन्स्टाग्रामले पनि ट्रम्पलाई अनिश्चितकालीन प्रतिबन्ध लगाएका छन्। अमेरिकी संसद् भवनमा ट्रम्पका समर्थकहरुले गत साता हिंसात्मक प्रदर्शन गरेपछि उनीमािथ धमाधम प्रतिबन्ध लाग्न थालेको हो।
नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको विजयलाई अनुमोदन नगर्न दबाब दिने उद्देश्यले गत साता बुधबार ट्रम्प समर्थकहरुले संसद् भवन घेराउ गरेका थिए।
हुलदंगाका क्रममा गोली चल्दा पाँच जनाको मृत्यु भएको थियो। ट्रम्पले नै दबाब सिर्जना गर्नका लागि आफ्ना समर्थकहरुलाई आग्रह गरेका थिए। यी सबै घटनाका बाबजुद जो बाइडेनलाई नयाँ राष्ट्रपतिका रुपमा अमेरिकी संसद्ले अनुमोदन गरिसकेको छ।
जो बाइडेनले २० जनवरीमा आयोजना हुने समारोहमा राष्ट्रपति पदको सपथ लिदैं कार्यकाल सुरु गर्नेछन्। त्यही समारोहमा उपराष्ट्रपति कमला ह्यारिसले पनि सपथ लिनेछिन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







