कोरोनाबाट मृत्यु २० लाख नाघ्यो, सबैभन्दा बढी अमेरिकामा


     एभरेस्ट आवाज    
     माघ ३ गते २०७७ मा प्रकाशित




तस्बीरः गुगलबाट

कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या २० लाख नाघेको छ।

जोन हप्किन्स विश्वविद्यालयद्वारा जारी पछिल्लो तथ्यांकअनुसार तीमध्ये सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ।

कोरोना संक्रमणले अमेरिकामा अहिलेसम्म ३ लाख ९० हजार जनाको मृत्यु भएको हो।

यसपछि, ब्राजिलमा करिब २ लाख र भारतमा करिब डेढ लाख जनाको मृत्यु भएको छ।

यस्त,ै अहिलेसम्म विश्वभर ९ करोड ३० लाखभन्दा बढी व्यक्ति कोरोनाबाट संक्रमित भएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।