जर्मनीमा चान्सलर एन्जेला मर्केलको नेतृत्वमा रहेको गठबन्धन (सीडीयू)ले नयाँ नेतृत्वमा अर्मिन लश्चेतलाई चयन गरेको छ।
लश्चेतलाई मर्केलको निकट सहयोगी र बहुसांस्कृतिक रक्षकका रूपमा हेर्ने गरिएको छ।
लश्चेतले चान्सलर एन्जेला मर्केलको राजनीतिक मार्गलाई जारी राख्ने प्रतिबद्धता जाहेर गरेका छन्।
कर्पोरेट वकिल फ्रेडरिक मर्ज र विदेश मामिलाविज्ञ नोर्बर्ट रोत्जेनलाई पराजित गर्दै शनिबार ५९ वर्षीय लश्चेत सीडीयू प्रमुख चयन भएका हुन्।
सीडीयू अध्यक्षले परम्परागतरूपमा पार्टी र यसको भगिनी बभेरियाली सीएसयू पार्टीलाई निर्वाचनमा अघि सार्छ । यसको अर्थ लश्चेत जर्मनीको चान्सलरमा प्रतिस्पर्धा गर्ने संभावना बढेको छ।
व्यावहारवादी, प्रतिष्ठित तथा मृदुभाषी उदारतावादी लश्चेत हाल जर्मनीको सबैभन्दा बढी जनसंख्या भएको नर्थ राइन–वेस्टफालियाको नेता हुन्।
उनलाई मर्केलका एक वफादार अनुयायीका रूपमा मानिन्छ। सन् २०१५ मा जर्मनीले सिरियालगायत अन्य मुलुकबाट आएका सयौँ हजारौँ आप्रवासीहरूको लागि सीमाना खुला गर्दा मर्केललाई साथ दिने उनी एक इमानदार नेताका रूपमा चिनिन्छन्।
आफ्नो राज्यमा आर्थिक र सामाजिक वरदानको रूपमा विविधतालाई स्वीकार गर्ने उनलाई मर्केलभन्दा अझ बढी आप्रवासी समर्थकको रूपमा हेर्ने गरिन्छ।
रासस/एएफपी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







