भारतको गुजरातस्थित सुरतमा ट्रकले किचेर १३ जनाको ज्यान लिएको छ।
कासाबामा भएको घटनामा ट्रकले फुटपाथमा सुतेका २० जनालाई किचेकोमा १३ जनाको ज्यान गएको हो।
ज्यान गुमाउनेहरु सबै राजस्थानको बांसबाडा जिल्लास्थित कुशलगढका मजदूर रहेको त्यहाँको प्रहरीले जनाएको छ। यो घटना सोमबार राति किम–मान्डवी सडकखण्डको पालोडगाम नजिकै भएको थियो।
१२ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान गएको हो।
७ जना गम्भीर घाइतेको चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ। चालक र क्लिनरलाई गिरफ्तार गरिएको प्रहरीले बताएको छ।
प्रहरीका अनुसार उखु लोड गरिएको ट्रयाक्टरसँग ठोक्किएर ट्रक अनियन्त्रित भई फुटपाथमा उक्लिएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







