साङ्केतिक तस्विर
भारतमा कोरोनाविरुद्धको खोप लगाउनासाथ २ जनाको मृत्यु भएको समाचार छ।
बीबीसीका अनुसार खोप लगाएपछि कर्नाटकमा १ जना र उत्तर प्रदेशमा १ जनाको मृत्यु भएको हो।
कर्नाटकमा पहिलो दिन खोप लगाएका ४३ वर्षीय बिरामीको खोप लगाउनासाथ मृत्यु भएको र उत्तर प्रदेशको मुरादाबादमा खोप लगाएका ५२ वर्षीय व्यक्तिको भोलिपल्ट मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
खोप लगाएका ५ सय ८० जनामा साइड इफेक्ट देखिएको छ। तीमध्ये ७ जना अस्पताल भर्ना भएका छन् ।
भारतमा जारी खोप अभियानमा ३ दिनमा ३ लाख ८१ हजारभन्दा बढीलाई खोप लगाइएको छ। खोप लगाइएकामध्ये शून्य दशमलब २ प्रतिशतमा साइड इफेक्ट देखिएको हो।
भारतले दैनिक ३ लाख मानिसमा खोप लगाउने तयारी गरेपनि तीन दिनमा जम्मा ३ लाख ८१ हजारलाई खोप दिन सकेको हो। पहिलो दिन तोकिएकोमध्ये ६४ प्रतिशतलाई खोप प्रदान गरिएको छ। अधिकारीहरुका अनुसार कयौँ राज्यमा खोपका लागि तोकिएका व्यक्तिहरु खोप केन्द्रमा पुगेका छैनन्।
खोपका विषयमा भएका विभिन्न नकारात्मक प्रचार, जनचेतनाको अभाव लगायतका कारणले मानिसहरु खोप केन्द्रमा नपुगेको ठानिएको छ। पहिलो चरणमा त्यहाँ सरसफाइकर्मी र स्वास्थ्यकर्मीलाई खोप लगाइएको छ।
एजेन्सी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







