फोटो एजेन्सी
नेपाली क्रिकेटर सोमपाल कामीले टी–१० लिगमा नयाँ अनुभव हासिल गरेको बताएका छन् ।
साविक विजेता मराठा अरेबियन्सबाट चौथो संस्करण खेलेका सोमपालले लिग चरण र सुपर लिगमा गरी जम्मा ६ खेल खेले र ३ विकेट लिए।
उनले शनिबार ट्वीट गर्दै अरेबियन्स परिवारको सदस्य हुन पाएको आभार व्यक्त गरेका छन्।
सोमपालले आफ्नो अन्तिम खेलमा डेक्कन ग्लाडिएटर्स विरुद्ध २ ओभरमा १२ रन खर्चेर २ विकेट लिएका थिए। समूह चरण र सुपर लिग गरी ६ खेल खेल्दा १ खेल मात्र जितेको साविक विजेता मराठा अरेबियन्स जम्मा २ अंकसहित ८ टिम सहभागी लिगमा सातौं स्थानमा रहृयो।
सोमपालले ट्वीटमा लेखेका छन्, ‘मैले टिमसँग इन्जोय गरेँ र राम्रो अनुभव लिएँ, जसले मलाई अझै राम्रो गर्न सहयोग गर्छ।’
यस्तै, करण केसीले पनि टी–१० लिगमा लगातार ६ खेल खेले। पुने डेभिल्सबाट ६ खेल खेलेका उनले जम्मा १ विकेट लिए। उनले टीम अबुधाबीका क्रिस गेललाई बोल्ड गरेका थिए। ६ खेलबाट २ अंक जोडेको पुने डेभिल्स अन्तिम स्थानमा रहृयो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







