टी–१० मा कुशल मल्लको डेब्यु


     एभरेस्ट आवाज    
     माघ २५ गते २०७७ मा प्रकाशित




फोटो: एजेन्सी

नेपाली युवा अलराउण्डर कुशल मल्लले युएईमा जारी टी–१० लिगमा डेब्यु गरेका छन्।

तेस्रो स्थानको लागि भइरहेको खेलमा कुशल टीम अबुधाबीको प्लेइङ एघारमा परेका हुन्।

यसअघि, ८ खेलमा डगआउटमै रहेका कुशलले अन्तिम खेलमा मौका पाएका हुन्। उनी सातौं ओभरको चौथो बलमा आउट भए। १२ बलको सामना गरेका उनले एक चौका र एक छक्काको मदतमा १८ रन बनाए।

नेपालका अर्का २ खेलाडी सोमपाल कामी र करण केसीले भने सुरुवातदेखि नै खेल्दै समान ६ खेल खेले। कुशलले भने अन्तिम खेलसम्म पर्खनुपरेको हो। नेपाल राष्ट्रिय टिमका निवर्तमान कप्तान पारस खड्का यस पटक टीम अबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।