सैन्य कू को विरोधमा म्यान्मारमा अहिलेसम्मकै ठूलो विरोध प्रदर्शन, इन्टरनेट बन्द


     एभरेस्ट आवाज    
     माघ २५ गते २०७७ मा प्रकाशित




तस्बीर: एजेन्सी

म्यान्मारमा सैन्य कू विरोधमा अहिलेसम्मकै ठूलो विरोध प्रदर्शन गरिएको छ।

ठूलो संख्यामा विरोध प्रर्दन निकालिएपछि त्यहाँ अहिले इन्टरनेट सेवा बन्द गरिएको छ।

विरोध प्रदर्शनका लागि मानिसहरू जम्मा हुन नदिन इन्स्टाग्राम र ट्वीटरमा रोक लगाइएको केही घण्टापछि इन्टरनेट सेवा समेत बन्द गरिएको हो। गत फेब्रुअरी १ मा त्यहाँ भएको कू सँगै इन्टरनेट सेवामा आंशिक रोक लगाइएको थियो। यसअघि नै फेसबुकमा समेत प्रतिबन्ध लगाइकेको छ।

त्यहाँ विरोध प्रदर्शन भइरहँदा नगरबसहरूले हर्न बजाएर समर्थन जनाएका थिए। प्रदर्शनकारीहरूले प्रहरीहरूलाई गुलाफको फूल र पिउने पानी दिएर नयाँ शासकलाई नभई जनतालाई समर्थन गर्न आग्रह गरेका थिए। देशको मुख्य सहर यांगुनमा आयोजित विरोध प्रदर्शनमा सहभागीहरुले सैन्य शासकको विरोधमा र प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन्।

श्रमिक र विद्यार्थीसहित प्रदर्शनकारीहरूले सेनाद्वारा बन्दी बनाइएका नेत्री आङ सान सू ची र अन्य नेताको रिहाइको माग गरेका छन्।

गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा सूचीको नेशनल लिग फर डेमोक्रेसी पार्टीले धांधली गरेर जितेको आरोप लगाउंदै सेनाले सूचीको सरकारलाई हटाएर सत्ता हत्याएको थियो।

एजेन्सी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।