, ,

लाइसेन्स बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पोखराबाट एक पक्राउ


     एभरेस्ट आवाज    
     माघ २५ गते २०७७ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । सवारी चालक अनुमतिपत्र लाइसेन्स बनाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पोखराबाट पक्राउ परेका छन् ।

स्याङ्जाको वालिङ नगरपालिका–१ घर भई पोखरा महानगरपालिका–१४ चाउथेमा ड्राइभिङ स्कुल सञ्चालन गर्दै आएका खगेन्द्र प्रसाद काफ्लेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

‘मेरो यातायात कार्यालयको कर्मचारीसँग चिनजान छ, ट्रायल तथा टेष्टमा फेल भएमा समेत सजिलै लाइसेन्स निकालिदिन्छु’ भन्दै विभिन्न व्यक्तिहरुलाई ठगी गरेको आरोपमा मेट्रो ड्राइभिङ स्कुल एण्ड प्रि टेष्ट सेन्टर प्राइभेट लिमिटेडका सञ्चालक काफ्लेलाई पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

पक्राउ परेका काफ्लेले विभिन्न व्यक्तिहरुबाट ८९ हजार ६ सय २० रुपैयाँ ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट विभिन्न कागजपत्र, लाइसेन्स–३ थान, विभिन्न नमूना प्रश्नपत्र लगायतका सामाग्री समेत बरामद गरेकको प्रहरी नायव उपरीक्षक थिङले बताए ।

प्रहरीले पक्राउ परेका ४९ वर्षका काफ्लेलाई ठगी सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।