नेपाल गोल्डेन आइडलको उपाधि सुमन र जेबिकालाई


     एभरेस्ट आवाज    
     माघ २६ गते २०७७ मा प्रकाशित




पोखरा । ललितपुरका सुमन लामा घिसिङ र दाङकी जेबिका रेउलेले सातौँ संस्करणको नेपाल गोल्डेन आइडलको उपाधि चुमेका छन् ।

पोखरामा भएको अन्तिम प्रतिष्पर्धामा सुमनले गायनतर्फको र जेबिकाले नृत्यतर्फको उपाधि चुमेका हुन् ।

प्रतियोगीतामा गायन तर्फ संखुवासभाका मदन लिम्बु फस्ट रनर्सअप र खोटाङका किस्मत चाम्लिङ राई सेकेन्ड रर्नसअप बने । नृत्यतर्फ कैलालीकी नेहारिका बोहोरा फस्ट रर्नसअप, बाँकेकी मनिषा परियार सेकेन्ड रनर्सअप र काठमाण्डौकी आकृती पोखरेल थर्ड रर्नसअप घोषित भए ।

गायनतर्फका ४ जना र नृत्यतर्फका पाँच जना बिच अन्तिम प्रतिष्पर्धा भएको थियो । फाइनल पुग्नेमा गायनतर्फ काठमाण्डौँकी सुजिता योञ्जन र नृत्यतर्फ झापाकी स्वस्तिका काफ्ले समेत पुगेका थिए ।

प्रतियोगीताको निर्णायकमा गायक तथा संगीतकार रामभक्त जोजीजु, विनोद वानिया, गुरुङ फिल्मकी निर्देशक जसु गुरुङ, कोरियोग्रफर निरुता गुरुङ र छेटौ संस्करणको विजेता सेविका कोइराला रहेका थिए ।

विजेतलाई गण्डकी प्रदेशका सासंद राजिव गुरुङ (दीपक मनाङ्गे), जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बराल, गुरुङ फिल्मका कलाकार ताराबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरे ।

गायन तथा नृत्यमा गरी यो प्रतियोगीताका लागि देशका विभिन्न ११ स्थानमा अडिसन भएको थियो । अडिसनमा गायन र नृत्यतर्फ गरेर ४ हजार ७ सय जना सहभागी भएको आयोजक गोल्डेन स्टार मल्टिमिडियाका निर्देशक सरन गुरुङले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।