टोकियो ओलम्पिकका प्रमुख मोरीद्वारा राजीनामा


     एभरेस्ट आवाज    
     फागुन १ गते २०७७ मा प्रकाशित




जापानको राजधानी टोकियोमा आयोजना हुन लागेको टोकियो ओलम्पिक–२०२० को आयोजक कमिटीका सभापति योशिहिरो मोरीले राजीनामा दिएका छन्।

महिलामाथि गत साता अभद्र टिप्पणी गरेको भन्दै चौतर्फी आलोचना भएपछि उनले राजीनामा दिएका हुन्।

जापानका पूर्वप्रधानमन्त्री समेत रहेका ८३ वर्षीय मोरीले आयोजक समितिको कार्यकारी समितिको विशेष बैठकमा आफूले राजीनामा दिएको घोषणा गरे।

उनले बैठकमा आफूले व्यक्त गरेका शब्दका कारण तनावको वातावरण सिर्जना भएको भन्दै तत्काल लागू हुनेगरी राजीनामा दिएको बताए।

मोरीलाई सन् २०१४ को जनवरीदेखि टोकियो ओलम्पिक आयोजक कमिटीको प्रमुख रहने गरी नियुक्त गरिएको थियो। उनले ’महिलामा एक प्रकारको इष्र्या हुने गरेको छ, एक महिलाले केही भन्न लागे अरु पनि बोल्नैपर्ने जस्तो गरी बोल्न तम्सिन्छनु’ भनेका थिए।

मोरीले आफूले बोलेका कुराप्रति क्षमा माग्नु भएको छ। तर, उनको बोली र व्यवहारविरुद्ध निरन्तर आलोचना भइरहेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।