उत्तराखण्ड विनास: हिमपहिरोपछिको बाढीमा ज्यान गुमाउनेको संख्या ५० पुग्यो


     एभरेस्ट आवाज    
     फागुन ३ गते २०७७ मा प्रकाशित




तस्बीरः एजेन्सी

भारतको उत्तराखण्डमा हिमपहिरोको बाढीमा ज्यान गुमाउनेको संख्या ५० पुगेको छ

उत्तराखण्डको चमोली जिल्लाको तपोवन सुरुङमा आइतबार थप १२ जनाको शव भेटिएसँगै ज्यान गुमाउनेको संख्या ५० पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यस सुरुङमा ३२ जना कामदार अझै पनि फसेको हुन सक्ने आशङ्का गरिएको छ।

बाढीमा परेर अझै १ सय ५० भन्दा धेरै हराइरहेको अधिकारीहरूले बताएका छन्।

माघ २५ गते उत्तराखण्डमा गएको हिमपहिरोपछि बाढी आएको थियो। बाढीले ्४ वटा जलविद्युत् आयोजनामा क्षती गर्नुको साथै १३ वटा भन्दा धेरै गाउँमा क्षति पु¥याएको थियो ।

हिमनदी विस्फोटका कारण पुल भत्किएपछि चमोली जिल्लाका १३ गाउँ अलग भएको बताइएको छ।

सन् २०१३ को जुन महिनामा पनि ठूलो वर्षापछि आएको बाढीका कारण झण्डै ६ हजार मानिसको ज्यान गएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।