कंगोमा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु, ३ सय जनाको जिवितै उद्दार


     एभरेस्ट आवाज    
     फागुन ५ गते २०७७ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

कंगोमा एउटा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु भएको छ।

दुर्घटनामा परेर करिब एक सय भन्दा बढी मानिस हराइरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।

कंगोको मानवीय सहायता कार्यमन्त्री स्टीव एमबिकायरले डुंगा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पुष्टि गरेका हुन् । माइ नोम्बे प्रान्तको लङगोला नजिकै ७ सय जना सवार डुंगा दुर्घटना भएको हो।

उद्दारकर्ताहरुले ३ सय भन्दा बढीलाई जिवितै उद्दार गरेको बताइएको छ। रातको समयमा भएको दुर्घटनाका कारण मृतकको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीहरुले अनुमान गरेका छन्।

अत्याधिक भार र क्षमताभन्दा बढी यात्रुका कारण सो दुर्घटना भएको बताइएको छ। गत महिना पनि सोही क्षेत्रको किबु तालमा डुंगा डुब्दा २ बच्चासहित १ महिलाको मृत्यु भएको थियो।

सन् २०१० को जुलाइमा बुण्डुमको पश्चिमी क्षेत्रमा डुंगा दुर्घटना हुँदा १ सय ३५ जनाको मृत्यु भएको थियो।

एजेन्सी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।